नवकान्तिपुर बचतको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ६, ७, ८, ९, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागितासहित कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनले सदस्यहरुसँग अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहकारी विभागका अधिकृत हरि पौडेलले सदस्यमाझ सहकारीताको बिषयमा आफ्नो धारणा राखेका थिए । यसैगरि कार्यक्रमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत नवकुमार अधिकारीले सहकारीको विकास क्रम, सहकारीले समाज परिवर्तनमा खेल्न सक्ने भूमिका, सदस्य तथा सञ्चालक हरुले संस्थामा पुर्याउनुपर्ने भूमिका तथा योगदानको बारेमा चर्चा गरेका थिए ।
साथै प्रशिक्षक अधिकारीले बचतको महत्व तथा यसको परिचालन र ऋणको परिचालन सहित उद्यमशिलतामा सदस्यले खेल्न सक्ने भूमिका लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गरेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेपाल बहुउद्देश्यीय सहकारीमा सीईओका लागि आवेदन खुला, मासिक सुविधा २ लाखभन्दा बढी
१५ असार २०८३, सोमबार
वार्षिक अद्यावधिक अनिवार्य, सहकारीले हर्जाना ब्याज ५ प्रतिशतसम्म मात्र लिन पाउने
१५ असार २०८३, सोमबार
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई छात्रवृत्ति, डिजिटल ठगीविरुद्ध सचेतना
१५ असार २०८३, सोमबार