मातातीर्थ औँसीको अवसरमा सूर्यदर्शन सहकारीद्वारा ८० जना आमालाई सम्मान
झापा : दमक स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले मातातीर्थ औँसीको अवसरमा आमाहरुलाई गरेको सम्मान छ । मंगलबार एक कार्यक्रमको बीच जेष्ठ नागरिक सम्मान प्रतिस्ठानमा ८० जना आमाहरुलाई संस्थाले सम्मान गरेको हो ।
आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइन्छ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।
धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
संस्थाले हरेक वर्ष आमाहरुलाई सम्मान गर्दै आएको र आगामी वर्षहरुमा निरन्तरता हुने संस्थाका अध्यक्ष टिकाराज सापकोटाले बताए । संस्थाले आमाहरुलाई सम्मान स्वरुप मीठा र तागतिला खानेकुरा खुवाईएको थियो । साथै आमाहरुलाई छाता समेत प्रदान गरिएको थियो ।
आमा सम्मान कार्यक्रममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति र उच्च व्यवस्थापनको समेत उपस्थिती थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार