शुभप्रवा सहकारीमा २०.९% तरलता, ३५ प्रतिशत सदस्य ऋणको पहुँचमा
काठमाडौं : चावाहिल चुच्चेपाटीमा प्रधान कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. को वित्तीय अवस्था मजबुत देखिएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तको वित्तीय विवरण अनुसार संस्थाको वित्तीय अवस्था बलियो देखिएको हो ।
विवरण अनुसार संस्थामा पर्याप्त तरलता कायम रहेको छ । चैत्र मसान्तमा संस्थामा २०.९ प्रतिशत अर्थात १० करोड ३ लाख ६५ हजार तरलता रकम रहेको प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले बताए । फागुन मसान्तमा संस्थासँग १७.३२ प्रतिशत अर्थात् ८ करोड १६ लाख २१ हजार तरलता कायम थियो । पछिल्लो समय आर्थिक गतिविधिमा आएको सामान्य सुधार र सहकारीप्रति सदस्यको विश्वासले संस्थामा तरलता वृद्धि भएर गएको हो ।
संस्थामा यस अवधिमा ८ करोड ७६ लाख ५९ हजार शेयरपुँजी, ४ करोड ४३ लाख ८५ हजार जगेडा कोष, ४ करोड ५९ लाख ३४ हजार कुल संस्थागत पुँजी र ७ करोड ५३ लाख ८६ हजार विभिन्न कोषमा रकम रहेको छ ।
त्यसैगरी गरी सो अवधिमा संस्थाले ४९ करोड ९६ लाख १२ हजार बचत संकलन गरी ४६ करोड ७७ लाख ७३ हजार ऋण प्रवाह गरेको छ । संस्थाकाे कुल वासलात ७४ कराेड १९ लाख १६ हजार पुगेकाे छ।
संस्थामा १४६१ जना सदस्य रहेका छन् भने त्यसमध्ये ५२० जना सदस्यले ऋण लिएका छन् । शुभप्रवामा ऋण उपभोग गर्ने सदस्यको संख्या ३५.५ प्रतिशत देखिएको छ । धेरै सदस्यमा ऋण प्रवाह हुँदा लगानी विविधिकरण हुनुका साथै ऋणी सदस्यको ऋणको भार पनि कम हुनुका साथै ऋण असुली चाप पर्दैन ।
संस्था सुरक्षित हुनका लागि आन्तरिक सुशासन सँगै सुरक्षित ऋण लगानी पनि मुख्य रहन्छ । संस्थाले धेरै सदस्यमाझ ऋण प्रवाह गरेकाले संस्था सुरक्षित रुपमा अगाडि बढेको देखाउँछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
