पोखरा रोयलमा थुप्रियो तरलता, अन्य वित्तीय सूचक कस्तो छ?
कास्की : पोखरा-१०, बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले सोमबार विवरण प्रकाशन गरेर शेयर सदस्यहरुलाई सबै वित्तीय सूचक मजबुत रहेको जानकारी गराएको हो ।
सहकारीले सार्वजनिक गरेको विवरण अुनसार चैत्र मसान्त सम्म कुल ९ हजार २ सय ९० जना शेयर सदस्यले संस्थामा २० करोड ३७ लाख ८९ हजार रुपैयाँ शेयर पुँजी जम्मा गरेका छन् ।
यस्तै १ अर्ब ८६ करोड ६४ लाख ९४ हजार रुपैयाँ कुल बचत भएको संस्थाले १ हजार ३ सय ७२ जना शेयर सदस्यलाई विभिन्न शीर्षकमा १ अर्ब ६९ करोड ५० लाख ५८ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार रुपैयाँ र विभिन्न कोषहरुमा १२ करोड ४५ लाख ९७ हजार रुपैयाँ जम्मा भएको जनाएको छ ।
यसैगरी कुल संस्थागत पुँजी १८ करोड ७० लाख ४६ हजार रुपैयाँ र कुल सम्पत्ति २ अर्ब ४९ करोड ७० लाख ३१ हजार रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
चैत्र मसान्त सम्म संस्थामा ३६ दशमलव ३४ प्रतिशत यानेकी ६७ करोड ८२ लाख ३२ हजार रुपैयाँ तरलता कायम रहेको जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
