२२ कात्तिक २०८३, आईतवार

जनउत्थानको सेयर पुँजीभन्दा जगेडा कोष (७.९२%) धेरै, कर्जा जोखिम कोषमा ८ करोड नाघ्यो

२०८१ वैशाख ४, मङ्गलबार
जनउत्थानको सेयर पुँजीभन्दा जगेडा कोष (७.९२%) धेरै, कर्जा जोखिम कोषमा ८ करोड नाघ्यो

काठमाडौं : रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजीभन्दा जगेडा कोष धेरै रहेको छ ।

संस्थाको सेयर पुँजी २७ करोड १९ लाख ५३ हजार २ सय रुपैयाँ छ भने जगेडा कोषमा २९ करोड ६४ लाख ७३ हजार ५ सय ६८ रुपैयाँ रहेको छ । प्रतिशतमा हिसाब गर्दा संस्थाको जगेडा कोष ७.९२ पुगेको छ । जगेडा कोष बलियो हुनु संस्था दीगोपनाको सबूत प्रमाण हो ।

जगेडा कोषले प्रतिकुल अवस्थाको सामना गर्ने क्षमतालाई समेत बुझाउँछ। यो कोषको आकार जति बलियो हुन्छ, त्यति जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ। जगेडा कोषको रकम संस्थाको आफ्नै हो जसको ब्याज समेत तिर्नुपर्दैन ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ३ अर्ब ७४ करोड ४३ लाख १६ हजार २ सय २८ रुपैयाँ पुगेको छ । संस्थामा ३९ हजार ९ सय ४८ जना आवद्ध छन् । संस्थाको कुल बचत २ अर्ब ९० करोड ५२ लाख १७ हजार २ सय ८ रुपैयाँ, लगानी २ अर्ब ८५ करोड ८६ लाख ९२ हजार ४ सय १६ रुपैयाँ रहेको छ ।

त्यस्तै संस्थाको कर्जा जोखिम कोषमा ८ करोड २६ लाख ६६ हजार ४ सय ७० रुपैयाँ रहेको छ । संस्थासँग ६९ करोड ३० लाख ९४ हजार ६ सय ५५ रुपैयाँ अर्थात् २३.८६ प्रतिशत तरलता रहेको छ । संस्थाबाट १० हजार ६ सय ३० जनाले कर्जा लिएका छन् ।

 

अभिलेख

लोकप्रिय