२२ कात्तिक २०८३, आईतवार

विकू बचतको सदस्य एक लाख २० हजार नाघ्यो, कुल वासलात १० अर्ब २५ करोड

२०८१ वैशाख ३, सोमबार
विकू बचतको सदस्य एक लाख २० हजार नाघ्यो, कुल वासलात १० अर्ब २५ करोड

गैंडाकोट (नवरपुर) : मुलुककै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकू बचत तथा ऋण सहकारी संस्थामा १ लाख २० हजार ३ सय ८३ सदस्य आवद्ध भएका छन् ।

संस्थाले प्रकाशित गरेको चालु आवको चैत्र महिनाको परिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी ८९ करोड ७४ लाख ३४ हजार, साधारण जगेडा कोष ६२ करोड ६२ लाख ८९ हजार, विभिन्न कोषहरु १० करोड ४७ लाख १६ हजार र कुल संस्थागत पुँजी ७२ करोड ६३ लाख रहेको छ ।

त्यसैगरी संस्थामा बचत संकलन ८ अर्ब २५ करोड ६३ लाख २६ हजार, ६ अर्ब ७६ करोड ३६ लाख ५५ हजार ऋण लगानी र तरलता रकम ३६.०४ प्रतिशत अर्थात २ अर्ब ९७ करोड ५४ लाख ५६ हजार रहेको छ । संस्थाको यस अवधिमा कुल सम्पत्ति १० अर्ब २५ करोड ७ लाख ५१ हजार पुगेको  छ ।

संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिनाको पहिलो साता वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय