२२ कात्तिक २०८३, आईतवार

जेष्ट आइडियोलोजीको सामाजिक कार्य: उज्ज्वलनगर समाजलाई डस्टबिन हस्तान्तरण

२०८० चैत २२, बिहिबार
जेष्ट आइडियोलोजीको सामाजिक कार्य: उज्ज्वलनगर समाजलाई डस्टबिन हस्तान्तरण

काठमाडौं : ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले उज्ज्वलनगर समाजलाई डस्टबिन हस्तान्तरण गरेको छ ।

‘स्वस्थ जिवनको लागि स्वच्छ वातावरण’ भन्ने नारालाई आत्मसात गर्दै संस्थाले कागेश्वरी मनोहरा–९, स्थित उज्ज्वलनगर समाज, काँडाघारिलाई २५ थान डस्टबिन हस्तान्तरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष कार्यक्रमहरु गर्दै आएको छ । समुदाय स्तरमा संस्थाको सहभागिता थप बढाउँदै समुदायसहकारीबीच मजबुत सम्बन्ध विस्तार गर्ने अभियान निरन्तर अघि बढिरहने संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले जानकारी दिए ।

संस्थाले संक्षिप्त कार्यक्रमको बीच डस्टबिन हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, उच्च व्यवस्थापन र उज्ज्वलनगर समाजमा प्रतिनिधिहरुको उपस्थिती थियो ।

 

अभिलेख

लोकप्रिय