सहकारी समन्वय मञ्चको अध्यक्षमा बाबुराम खनाल चयन
गैंडाकोट : सहकारी समन्वय मञ्च गैंडाकोटको अध्यक्षमा बाबुराम खनाल चयन भएका छन् । मञ्च गैंडाकोट नगरपालिकामा सञ्चालित सहकारीहरुको छात संघ हो ।
मञ्चको प्रथम साधारणबाट उपाध्यक्षमा खगराज सापकोटा, सचिवमा मिलनराज घिमिरे, कोषाध्यक्षमा कान्तिमाया पुरी, सहसचिवमा दोलराज पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरूमा फुलुमाया पराजुली, तिलकुमारी महत्तो, कमलबहादुर अधिकारी, दुर्गादेवी लामिछाने, होमनाथ सापकोटा, गोविन्द कंडेल चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा शम्भुप्रसाद कंडेल चयन भएका छन् । समितिको सदस्यमा तिलकप्रसाद कंडेल र दिलमाया सिग्देल चयन भएकी छिन् ।
निर्वाचन समितिका संयोजक खेमराज सापकोटाले सहकारी अभियानको जग बलियो बनाउने स्थानीय तह नै भएकाले यस तहभित्र सहकारी अभियानलाई सुदृढ गराउन सहकारी समन्वय मञ्चले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त अध्यक्ष बाबुराम खनालले सपथ ग्रहण पश्चात कार्यक्रममा बोल्दै सहकारी क्षेत्रमा आएका स्थानीय तथा राष्ट्रिय चुनौती न्यूनिकरण गर्दै सहकारी अभियानलाई पारदर्शी र बजबुत बनाउन मञ्चले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
मञ्चका निवर्तमान अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले नवनिर्वाचित सञ्चालक समिति सशक्त बनेको र यसले सहकारी अभियानलाई सुदृढ बनाउन क्रियाशील रहने र सो अभियानमा आफ्नो सहयोग रहने बताए । राष्ट्रिय सहकारी बैङ्कका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले सहकारी क्षेत्रमा चुनौती रहेको र नयाँ समितिलाई चुनौती न्यूनीकरणमा जोड दिन आग्रह गरे ।
निर्वाचन समितिका सदस्य माधवप्रसाद गौतमले समन्वय मञ्चले सहकारी संस्थाहरू र विभिन्न निकायका बीच समन्वयका लागि सहयोग पु¥याउन आवश्यक रहेको बताए । निर्वाचन समितिका सदस्य गोविन्द सुवेदीले नयाँ सञ्चालक समितिको सपथग्रहण कार्यक्रमको सहजीकरण गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार