सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्दै विभाग
काठमाडौं : संघीय सहकारी विभागले मुलुकभर रहेका सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आर्थिक सर्वेक्षणमा समावेश गर्नका लागि विभागले सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो ।
विभागले सबै स्थानीय तहलाई परिपत्र गरेर एक महिना भित्र विभागको ईमेल ठेगानामा प्रदेश नियमन क्षेत्रभित्र पर्ने सहकारीको विवरण पठाउन भनेको छ । विभागले कुल सहकारी संस्था, कुल सदस्य संख्या, महिला सदस्य, पुरुष सदस्य, कुल शेयर पुँजी, कुल बचत संकलन, कुल ऋण लगानी र प्रत्यक्ष रोजगारीको संख्या सहितको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरेको छ ।
यस अघि संघीय सहकारी विभागले २०७७ पुस २० गते प्रदेश र स्थानीय तहबाट प्राप्त भएको तथ्याङ्कको आधारमा सहकारी झलक, २०७७ प्रकाशन गरेको थियो । विभागले लामो समय सम्म सहकारीको विस्तृत तथ्याङ्क अद्यावधिक गर्न नसक्दा राज्यलाई सहकारी क्षेत्रको बारेमा प्रभावकारी नीति तथा कार्यक्रम तय गर्न र बजेट विनियोजन गर्न समस्या पर्ने गरेको छ ।
मुलुकभर सहकारी संस्थाको संख्या ३१ हजार भने पनि कति संस्था सक्रिय छन् भने तथ्याङ्क विभागसँग छैन । पछिल्लो समय स्थानीय तह र प्रदेश सरकार मातहत सहकारी हस्तान्तरण भए पछि सहकारीको यकिन तथ्याङ्क निकाल्न झनै समस्या परेको हाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
