भरतपुर जनसेवा सहकारीले कोर बैकिङ्ग प्रणाली इन्फिनिटी प्रयोग गर्ने
काठमाडौं : एक्काइस वर्षदेखि सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्था बीच कोर बैकिङ्ग प्रणाली इन्फिनिटी प्रयोग गर्ने समझदारी भएको छ।
थानी चोकस्थित सहकारीको मुख्य कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर सौरब गिरी र सहकारीका प्रबन्धक बिष्णु हरी पराजुलीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग जोडिन पाएकोमा सहकारीका अध्यक्ष कुल बहादुर खत्रीले खुसी जनाएका छन्।
यसैगरी भरतपुर जनसेवाका प्रबन्धक बिष्णु हरी पराजुलीले यस सम्झौताले सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताएका छन्। इन्फोडेभलपर्सका सेल्स अफिसर सौरब गिरिले सहकारीको विकास र उत्कृष्टताका लागि यो सम्झौता कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन्।
कार्यक्रममा भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुल बहादुर खत्री, प्रबन्धक बिष्णु हरी पराजुली,व्यवस्थापक तिलक प्रसाद रिजाल, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर सौरब गिरिको उपस्थिती थियो।
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग तथा स्वचालित कार्यलय सन्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो ।
सहकारीका लागि कोर बैंकिङ्ग प्रणाली इन्फिनिटी सीबीएस हो जसले सहकारीहरुलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ। नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा ३५० बढी कर्मचारीहरुले इन्फोडेभलपर्समा काम गरिरहेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
