२२ कात्तिक २०८३, आईतवार

आफ्नै सुविधा सम्पन्न भवनमा सूर्यदर्शन साकोस

२०८० फागुन २३, बुधबार
आफ्नै सुविधा सम्पन्न भवनमा सूर्यदर्शन साकोस

झापा : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सुरु गरेको छ ।

दकम-६, नगरपालिका रोड (नमुना मार्ग उत्तर)मा नवनिर्मित भवन आज भव्य कार्यक्रमको बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले गरेकी हुन् ।

संस्थाका अध्यक्ष टिकाराज सापकोटाको सभापतित्वमा सम्पन्न भवन समुद्घाटन कार्यक्रममा दमक नगरपालिकाका उप मेयर रेजिना भट्टराई प्रसाई, वडा नं. ६ का वडा अध्यक्ष, झापा जिल्ला सहकारी संघका उपाध्यक्ष, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका सेयर सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारी र नगरवासीको उपस्थिती रहेको थियो ।

१६ करोड रुपैयाँ सेयर पुँजी रहेको संस्थाको कुल वासलात २ अर्ब २० करोड रुपैयाँ रहेको संस्थाका व्यवस्थापक अरुण भण्डारीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय