नेपालमा पहिलो पटक सहकारी डिजिटल कन्क्लेभ हुँदै
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुने भएको छ । चैत्र १ र २ गते काठमाडौंको याक एण्ड यति होटलमा हुने ‘पहिलो सहकारी डिजिटल कन्क्लेभ २०२४’को रजिष्ट्रेशन समेत खुला भएको छ ।
कन्क्लेभको स्पोन्सरमा इन्फोडेभलपर्स प्रा.लि. रहेको छ । इन्फोडेभलपर्स सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान नेपालको नम्बर वान कम्पनी हो । त्यस्तै कन्क्लेभको सपोर्टरमा वैरव टेक्नोलोजी रहेको छ । वैरव टेक्नोलोजी साइबर सुरक्षा सेवा प्रदान गर्ने अग्रणी कम्पनी हो ।
कार्यक्रममा सहकारीमा टेक्नोलोजीको सम्भाव्यताहरूमा गहिरो छलफल हुनेछ । सहकारीमा डिजिटलाइजेसनको महत्व बुझाउन, सहकारीमा डिजिटलाइजेशन र डिजिटलाइजेशन प्रक्रियामा नीतिगत खाडल पहिचान गर्न, डिजिटल सहकार्यका लागि सरोकारवालाहरूबीच सहमतिको विकास गर्न, बलियो सहकारी सफ्टवेयर र साइबर सुरक्षा प्रणाली पहिचान गरी सिफारिस गर्ने कन्क्लेभको मुख्य उद्देश्य रहेको छ ।
त्यस्तै सहकारीलाई डिजिटल रूपान्तरण प्रक्रियामा अघि बढाउने र डाटा सुरक्षाका लागि चेतना जगाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिईन । कार्यक्रममा तीन सयभन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहने महाप्रबन्धक सुब्बालले बताईन ।
कार्यक्रममा आईसिटी विशेषज्ञ र पोलिसी मेकरहरुको प्रस्तुती रहनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार