किताब पढ्न पोखरा रोयल सहकारीले कर्मचारीलाई एक घण्टा समय दिने
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पठन संस्कृति कार्यक्रम शुरुवात गरेको छ ।
श्रीपञ्चमी पर्व तथा सरस्वती पुजाको दिनको अवसर पारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले कार्यक्रमको शुभारम्भ गरेका छन् । संस्थामा कार्यरत कर्मचारीहरुको पठन संस्कृतिलाई थप मद्धत पुर्याउने अभिप्रायले संस्थाले ४ वटै कार्यालयमा हरेक महिनाको अन्तिम शुक्रबार १ घण्टा अध्ययनको लागि समय व्यवस्थापन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले बताए।
अबदेखि प्रत्येक कर्मचारीले हरेक महिना एउटा पुस्तक अनिवार्य पढ्नै पर्ने र आफुले पढेको पुस्तकको समिक्षात्मक प्रतिवेदन समेत संस्थामा पेश गर्नुपर्ने उनले बताए ।
पछिल्लो समय प्रविधिको विकाससँगै पुस्तक तथा पत्रपत्रिका पढ्ने, हातले लेख्ने र रेडियो सुन्ने जस्ता संस्कार हराउँदै गएको छ । कम्प्यूटर, मोबाईल र ल्यापटपमा मात्र भर पर्दा एकातिर आँखामा समस्या आउने गरेको र अर्कोतिर लिखित दस्तावेज, पुस्तकहरुको अध्ययन गर्ने बानी हट्दै गएकोले यसको जगेर्ना गर्न समेत पठन संस्कृतिको विकास गरिएको गुरुङ्गले बताए ।
संस्थामा ५० जना बढी कर्मचारीहरु कार्यरत छन् । संस्थाले प्रधान कार्यालयमा पुस्तकालय तथा सहकारी प्रदर्शनी कक्ष र हरेक सेवा केन्द्रहरुमा मिनि लाईब्रेरीको अवधारणा अगाडि सारेको छ ।
कार्यक्रम शुभारम्भका दिन चारवटै कार्यालयका कर्मचारीले आफुले मन परेको एक एक वटा पुस्तक लिएर आएका थिए । ती पुस्तकहरु गोला प्रथाको माध्यमबाट एकले अर्को साथीसँग साटफेर गरेर अध्ययन संस्कारको शुरुवात गरिएको थियो ।

अब हरेक महिनाको एक दिन एक घण्टा सबै कर्मचारीहरुले संस्थाको अध्ययन कक्षमा बसेर आफुले मन पर्ने पुस्तक पढ्छन् र यसले कर्मचारीहरुमा सकारात्मक उर्जाको विकास हुने संस्थाका मूख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
