जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्षमा सुमन केसी र महासचिवमा बालकुमार बास्तोला
काठमाडौं : जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्षमा सुमन केसी र महासचिवमा बालकुमार बास्तोला बन्ने पक्का पक्की भएको छ ।
पौष २९ गते हुने संघको २४औं वार्षिक साधारण सभाको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । सहमतीमै नेतृत्व चयन गर्ने कसरतमा सहकारीकर्मीहरु रहेका छन् । यस पटक सबै दल निकटका सहकारीकर्मीहरु मिलेर जाँदै छन् । सोही अनुसार उम्मेदवारीको कार्यक्रम जारी छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दल निकट सहकारीकर्मीहरु सिट बाँडफाँड गरेका छन् । नेकपा एमालेले अध्यक्ष, महासचिव लगायत पदमा आफू निकटका सहकारीकर्मी निर्वाचनमा उठाउँदै छ । सोही अनुसार एमालेबाट अध्यक्षमा सुमन केसी र समहासचिवमा बालकुमार बास्तोला पक्का भएका छन् ।
कुन दलले कति सिट पाउने भन्ने अझै टुंगिसकेको भने छैन । स्रोतका अनुसार माओवादीले एक पदाधिकारी सहित २ सञ्चालक सदस्य पाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
