कास्कूनको वरिष्ठ उपाध्यक्ष छाड्ने नवराज अर्यालको घोषणा
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का नवनिर्वाचित सञ्चालक समितिका सदस्य नवराज अर्यालले तल्लो संघ छाड्ने घोषणा गरेका छन् ।
अर्यालले काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को वरिष्ठ उपाध्यक्ष छाड्ने भएका हुन् । अर्याल नेफ्स्कूनको ३२ औं वार्षिक साधारण सभाबाट खुला सञ्चालकमा निर्वाचित भएका थिए । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति र लेखा सुरीवेक्षण समितिले हिजो (आईतबार) मात्रै पदवहाली गरेका थिए ।
कास्कूनको अब बस्ने बैठकबाट औपचारिक रुपमा बिदा हुने अर्यालले सहकारीखबरलाई बताए । सहकारीमा एक व्यक्ति एक पदको सिद्धान्तमा आफू अडिक रहेको र कानुनको कार्यान्वयन सबैले गर्नुपर्ने समेत अर्यालले बताए ।
सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था छ । केही समय अघि सहकारी विभागले नेफ्स्कूनलाई कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने भनी पत्राचार समेत गरेको थियो ।
पत्रअनुसार नेफ्स्कूनमा नवनिर्वाचितहरुले कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक छाड्नु पर्ने हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
