नेफ्स्कूनको गरिमालाई थप उचो बनाउने गरी जोश, जाँगर र उत्साहका साथ काम गर्ने ढकालको प्रतिबद्धता
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालले संघको गरिमालाई थप उचो बनाउने गरी नयाँ जोश जाँगर र उत्साहका साथ सञ्चालक समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पद बहाली गर्दै अध्यक्ष ढकालले सदस्य संघको सम्बन्धलाई बलियो बनाउने गरी नयाँ सञ्चालक समितिले काम गर्ने विश्वास समेत दिलाए । त्यसका लागि संघका अग्रजहरु तथा सहकारी अभियानका अगुवाहरु तथा सरोकारवालाहरुसँग बसेर काम गरिने उनले बताए । यसैगरी, नवनिर्वाचित अध्यक्ष ढकालले नियामक निकायसँग पनि अभियानका साझा सरोकारका विषयमा छलफल गरिने उल्लेख गरे । सामूहिकताको आधारमा सञ्चालक समितिले सदस्यहरुको भावना प्रतिबिम्वित हुने गरी संघ र साकोस अभियानको साख वृद्धिका दिशामा काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी, संघका निर्वतमान अध्यक्ष परितोष पौड्यालले नयाँ सञ्चालक समिति राम्रो बनेको भन्दै अभियान हाक्न सक्ने टीमलाई शुभकामना व्यक्त गरे ।
साकोस अभियानको विश्व परिवेश, राष्ट्रिय आवश्यकत र चुनौतीहरुलाई सामना गर्ने सामथ्र्य नवनिर्वाचित सञ्चालक समितिलाई प्राप्त हुने विश्वास व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
