२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनमा सीता ढकाललाई लोकप्रिय मत

२०८० पुष ९, सोमबार
नेफ्स्कूनमा सीता ढकाललाई लोकप्रिय मत

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को निर्वाचनमा लोकप्रिय मत सीता ढकाल पौडेलले प्राप्त गरेकी छिन् । खुला महिला सञ्चालक पदकी उम्मेदवार पौडेलले लोक प्रिय मत ल्याई विजयी भएकी छिन् ।

पौडेल १५२७ मत ल्याई विजयी भई । सम्भवत: नेफ्स्कूनकै इतिहासमा यो लोकप्रिय मत हो । नेफ्स्कूनको विनियम अनुसार महिला सञ्चालकमा तीन जना निर्वाचित हुने व्यवस्था छ । त्यस्तै उनका प्रतिस्पर्धी मन्दरा मिश्रले १२०३ र कमलादेवी गिरीले १२४९ मत ल्याई विजयी भईन ।

पौडेल युनाईटेड गोरखा साकोसका प्रतिनिधि हुन् । त्यस्तै, मिश्र नालाछाप साकोस र गिरी सृजना महिला साकोसका प्रतिनिधि हुन् ।

अमरावति वलामि (महर्जन)ले ११२८ र विद्या कोईरालाले ९७३ मत ल्याई पराजित भईन ।

अभिलेख

लोकप्रिय