नेफ्स्कून निर्वाचन: सहकारीमा अब्बल दामोदर अधिकारी वरिष्ठ उपाध्यक्षको उम्मेदवार
काठमाडौं : आज हुने नेफ्स्कूनको निर्वाचनमा दामोदर अधिकारीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । नेफ्स्कूनको निवर्तमान महासचिव समेत रहेका अधिकारी परितोष पौड्याल समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनी प्रमुख दामेदारको रुपमा रहेका छन् ।
सहकारी प्रवेश
२०४८ सालमा सहकारी ऐन र २०४९ मा नियमावली जारी भयो । २०४९ सालको अन्त्य तिर एउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुने मौका अधिकारीलाई मिलेको थियो । शिक्षकको हैसियतमा उनी कार्यक्रममा सहभागी भए । सोही कार्यक्रमको एउटा छलफलमा सहकारीको कुरा उठ्यो । सहकारीका कुरा उठाउने व्यक्ति थिए रामहरी केसी । छलफल कार्यक्रममा सहकारी स्थापना गर्न सकिने कुरा केसीले गरे । सहकारी गठन गर्नको लागि २५ जना चाहिने र सहकारीमार्फत आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन गर्न सकिने कुरा केसीले सबैलाई जानकारी गराए । सोही कार्यक्रममा केसीले भनेका थिए, ‘नवलपरासीको विकू सहकारीले ५० पैसाबाट सुरु गरेर ५० हजार रुपैयाँ पुर्याईसक्यो । तपाईंहरु पनि सहकारी गठन गर्न सक्नुहुन्छ ।’ सोही कुराले दामोदर अधिकारीको मन छोयो र उनी सहकारी गठन गर्ने हौसला मिल्यो । त्यसपछि अधिकारीको नेतृत्वमा गाँउ भेला भयो । ३/४ पटक गाउँ भेला गर्दा समेत कसैले पत्याएन । त्यो दिन सम्झ्न्छन् अधिकारी, ‘पैसा उठाएर खानको लागि नाटक गर्दैछन् भनेर हामीलाई आरोप समेत लाग्यो ।’
थारु जातीको बाहुल्यता रहेको बर्दिया जिल्लामा सहकारी खोल्नु सजिलो पक्कै थिएन । कमैयाहरुलाई धेरै थिए । अधिकारीले कमैयाहरुलाई समेत समेटे । साहुहरुले पत्याउने कुरै थिएन । ‘केही शिक्षक र कमैयाहरु मिलेर १६८० रुपैयाँ जम्मा गर्यौं’, उनी भन्छन्, ‘एक सय रुपैयाँको मात्र एक सेयर हुन्छ भनेर समेत हामीलाई थाहा थिएन ।’ ४२ जनाबाट ३० रुपैयाँको सेयर र १० रुपैयाँ मासिक बचत संकलन गरेर सहकारी दर्ता गर्न सबै तयार भए तर दर्ता भएन । प्रतिव्यक्ति कम्तिमा एक सय रुपैयाँ चाहिने भएपछि सडक नाटक, कविता, गित सुनाउँदै पैसा संकलन गर्ने अभियान चलाए । दर्ता गर्नको लागि आवश्यक पुँजी संकलन भएपछि ‘सिर्जना बचत तथा ऋण सहकारी संस्था’ अधिकारीकै अगुवाईमै दर्ता भयो । उनै सहकारीको बारेमा जानकारी दिने केसीलाई सहकारीका गुरु मान्छन् अधिकारी ।
१० रुपैयाँ मासिक बचतबाट ३० रुपैयाँ पु¥याउन ३ वर्ष लागेको उनी बताउँछन् । कमैयाहरु सञ्चालक समितिमा थिए । राती राती बैठक बस्नुपर्ने बाध्यता थियो । शिक्षक दिउँसो विद्यालय जानु पर्ने र कमैयाहरु विहानै काम गर्न किस्कन्थ्ये । राती राती बैठक बस्नुको विकल्प थिएन । रातको समयमा बैठक बस्दा राजनीति गर्दैछन् भनेर आरोप समेत लागेको बताउँछन् अधिकारी । ‘सहकारी गठन गर्न बसेको बैठकमा प्रहरीको समेत निगरानी थियो’, उनी भन्छन् ।
सिर्जनाको अध्यक्ष हुँदै नेफ्स्कूनको महासचिव
सिर्जना बचत तथा ऋण सहकारी स्थापना भैसकेपछि सहकारीको बारेमा धेरै कुरा जान्ने र बुझ्ने मौका अधिकारीलाई मिल्यो । सहकारीका धेरै ज्ञान बटुले । अन्य ठाउँमा पनि सहकारी गठन गर्न सहयोगी भूमिका खेले । जिल्लाका अन्य स्थानमा पनि सहकारी गठन भयो । जिल्ला सहकारी संघ पनि गठन भयो । २०५० सालदेखि सिर्जना सहकारी नेफ्स्कूनमा आवद्धता जनाएको छ । २०५० सालदेखिनै अधिकारी नेफ्स्कूनमा प्रतिनिधित्व गर्दै आएका छन् । सिर्जना सहकारी नेफ्स्कूनको १५१ नम्बरको सदस्यता हो ।
सिर्जना सहकारीकै प्रतिनिधित्व गरेर २०६९ सालमा नेफ्स्कूनको सञ्चालक भए । दोस्रो कार्यकाल पनि सञ्चालक भए । नेफ्स्कूनको दोस्रो कार्यकालको सञ्चालक भैसकेपछि सरकारी सेवाबाट ऐच्छिक अवकास अधिकारीले लिए । २३ वर्ष नौ महिना ४ दिन काम गरेर अवकास लिएका हुन् । त्यसयता पूर्ण रुपमा सहकारी अभियान सक्रिय छन् उनी । एक कार्यकाल नेफ्स्कूनको लेखा समितिको संयोज र महासिचवको भूमिका निर्वाह गरिसकेका छन् ।
सहकारीमा अब्बल
पश्चिम नेपालको सहकारी अभियान्ताको रुपमा चिनिन्छन् दामोदर अधिकारी । सहकारी क्षेत्रमा उनले गरेको योगदान अनुकरणीय छन् । बर्दिया, अछाम, दैलेख, सुर्खेत, कालिकोट, दाङमा सहकारी अभियानको जग बसाल्ने उनी नै हुन् । गाउँ गाउँ पुगेर सहकारीको ज्ञान बाढेर सहकारीका जग बसालेका छन् । पूर्ण रुपमा सहकारी अभियानमा सर्मपित उनी सहकारी व्यवस्थापनमा दख्खल मानिन्छन् । प्रारम्कि सहकारी संस्था, जिल्ला संघहुँदै केन्द्रिय संघको अनुभव समेत बटुलेका छन् । सहकारी प्रतिको इमान्दारिता र सहकारी क्षेत्रमा गरेको कामको आधारमा सहकारी अभियानमा उनको माग छ । केन्द्रिय तहमा बसेर सहकारी क्षेत्रमा बटुलेका अनुभव र उनमा भएको क्षमता प्रर्दशन गर्न बाँकी छ । सहकारी क्षेत्रमा विशेष गरी बचत तथा ऋण अभियानलाई सुसासन र प्रविधिमैत्री बनाउने उनको योजना छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
