नेफ्स्कून निर्वाचन: सञ्चालक समिति र लेखा समिति चयनका लागि आज मतदान
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनको लागि आज १ बजेदेखि मतदानको कार्यक्रम रहेको छ । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।
संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो उद्घाटन र बन्द सत्र सकिएको थियो । बन्द सत्रमा महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनमाथि घनीभूत छलफल तथा प्रतिनिधिहरुको राय सल्लाह र सझावसहित पारित गरिएको थियो ।
यसैगरी, हिजै निर्वाचन प्रक्रियाको थालनीसँगै प्रतिनिधिहरुको अन्तिम नामावली तथा उम्मेदवारहरुको दरखास्त, त्यस उपर दाबी विरोध र निर्णयको काम सकिएको छ । संशोधित निर्वाचत कार्यतालिका अनुसार संघको निर्वाचन उपसमितिले आज उम्मेदवारी फिर्ताको लागि निश्चित समय उपलब्ध गराएको छ ।
त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र मतदान सुरु हुनेछ । मतदान सकिए लगत्तै मतपरिणाम घोषणाको कार्यक्रम रहेको छ । निर्वाचन उपसमितिले सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको र बिद्युतिय माध्यमबाट मतदान हुने जानकारी दिइएको छ ।
नेफ्स्कूनको निर्वाचन निर्देशिका, २०७० (संशोधन २०७६) अनुसार संघको सञ्चालक समितिमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १ जनाको हिसाबले ७ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जनासहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित हुने प्रावधान छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
