नेफ्स्कून निर्वाचन: तीन जनाको उम्मेदवारी रद्द
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को निर्वाचनको लागि उम्मेदवारी परेका मध्ये तीन जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचनमा २२ पदका लागि ६० जनाको उम्मेदवारी परेको थियो । उक्त उम्मेदवारी मध्ये पाँच जनाको उम्मेदवारीमा दाबी विरोध परेको थियो ।
निर्वाचन उपसमितिमा गोमा नेपाल सापकोटा, माधव जोशी, शिव अधिकारी, राधा कडरिया र सुभद्रा नेपालको उम्मेदवारीमा दाबी विरोध परेको थियो । उक्त पाँच जनामा शिव अधिकारी, राधा कडरिया र सुभद्रा नेपालको उम्मेदवारी रद्द भएको निर्वाचन उपसमितिले जनाएको छ ।
शिव अधिकारी र सुभद्रा नेपाल प्रारम्भिक सहकारीमा कम्तिमा एक कार्यकाल पदाधिकारी भई काम गरेको प्रमाण नपुगेपछि उम्मेदवारी रद्द भएको हो । त्यस्तै कडरियाको संस्थाको व्यवस्थापक रहेको भनी दाबी विरोध परेको थियो । दाबी विरोध परेपछि कडरियाले संस्थामा दिएको राजिनामाको पत्र बुझाएको पत्र निर्वाचन उपसमितिमा पेश गरेका थिए । आवश्यक प्रमाण नपुगेको भन्दै निर्वाचन उपसमितिले उम्मेदवारी रद्द गरेको हो ।
तर, उम्मेदवार कडरियाले भने निर्वाचन उपसमितिले आवश्यक कागजातनै नमागेको दाबी गरेकी छिन् । दाबी विरोध परेपछि निर्वाचन समितिले कागजात मागेको र राजिनामा पत्रको प्रतिनिधि पेश गरेको बताईन ।
‘राजिनामा पत्र बुझाएपछि अरु कुनैपनि कागजात माग गरिएन, माग नगरेपछि मानेको भनेर हामीले बुझ्यौं । तर, अन्तिममा उम्मेदवारी कायम नरहेको भनेर सूचना आयो’, उनले भनिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
