२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: विकू बचतको प्रतिनिधित्व गर्दै लेखा संयोजकमा पौडेलको उम्मेदवारी

२०८० पुष ७, शनिवार
नेफ्स्कून निर्वाचन: विकू बचतको प्रतिनिधित्व गर्दै लेखा संयोजकमा पौडेलको उम्मेदवारी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को लेखा सुपरीवेक्षण समितिको संयोजकमा इन्द्रराज ज्योती पौडेलले उम्मेदवारी दिएका छन् । पौडेल नेफ्स्कूनका पूर्व सञ्चालक तथा विकू बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हुन् । विकू बचत नेपालकै सर्वोत्कृष्ट संस्था हो ।

विकू बचतको प्रतिनिधित्व गर्दै पौडेलले उम्मेदवारी दिएका हुन् । चन्द्रप्रसाद ढकालको समूहबाट उम्मेदवारी दिएका पौडेल सहकारीका कुशल प्रशिक्षक समेत हुन् । विकू बचतलाई आजको उचाईमा ल्याउन पौडेलको कडा परिश्रम, समर्पण र कौशल मिसिएको छ ।

तीन दशकभन्दा बढीको उर्जाशिल समय सहकारीमा खर्चेका पौडेलसँग नेफ्स्कूनमा दुई कार्यकाल सञ्चालक रहेर काम गरेको अनुभव समेत छ । समग्र सहकारी क्षेत्रको विकास र रुपान्तरणको लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले बताए ।

बचत तथा ऋण सहकारीको रुपान्तरणमार्फत देश र जनताको समग्र आर्थिक उन्नतीमा योगदान दिन सकिनेमा पौडेल विश्वस्त छन् ।

अभिलेख

लोकप्रिय