शोभित थपलियालाई नेफ्स्कून पत्रकारिता पुरस्कार
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष क्लिकमाण्डू डटकमका वरिष्ठ संवाददाता शोभित थपलियालाई प्रदान गरेको छ।
नेफ्स्कुनले ३६औं स्थापना दिवसको अवसरमा घोषणा पुरस्कार आज प्रदान गरेको हो । संघको ३२औं वार्षिक साधारण सभाको अवसरमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले उक्त पुरस्कार थपलियालाई प्रदान गरेको हो ।
पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । विगत एक दशकदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा थपलियाले कलम चलाउँदै आएका छन् । साथै सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा पुर्याएको योगदानको कदर गर्दै नेफ्स्कूनले पुरस्कार प्रदान गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
