२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: सहकारी संस्थाको सञ्चालक भएको व्यक्ती उम्मेदवार हुन नपाउने

२०८० पुष ७, शनिवार
नेफ्स्कून निर्वाचन: सहकारी संस्थाको सञ्चालक भएको व्यक्ती उम्मेदवार हुन नपाउने

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभा सुरु भएको छ । साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गर्नेछ।

निर्वाचनको लागि आज उम्मेदवारी दरखास्तको समय रहेको छ । निर्वाचन उप-समितिले उम्मेदवारको योग्यता समेत तोकेको छ । सहकारी ऐन, नेफ्स्कूनको विनियम, नीति, कार्यविधिमा टेकेर १२ बुँदे योग्यता समेत सार्वजनिक गरेको छ ।

सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा उम्मेदवारी दिनका लागि संस्थालाई तिर्न, बुझाउनुपर्ने बेरुजू वा भाखा नाघेको कर्जा वा कुनै बक्यौता रकम नरहेको, प्रारम्भिक संस्थामा कम्तिमा एक कार्यकाल पदाधिकारी भई काम गरेको, सञ्चालक समितिको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षणको समिति संयोजकका लागि नेफ्स्कून सञ्चालक समिति वा लेखा सुपरिवेक्षण समितिमा रही कम्तिमा एक कार्यकाल सेवा गरेको हुनुपर्नेछ योग्यता तोकेको छ ।

त्यस्तै अन्य कुनै पनि सहकारी संस्थाको सञ्चालक नभएको, कालो सूचीमा नपरेको वा कालोसूचीमा परेको भए उक्त सूचीबाट हटी सफाई पाएको कम्तीमा तीन महिना पुरा भएको, सहकारी संस्थाबाट लिएको ऋणको भाखा ननाघेको, संघलाई तिर्न, बुझाउनुपर्ने बेरुजू वा भाखा नाघेको कर्जा वा बक्यौता रकम नरहेको, लेखा सुपरिवेक्षण समितिको संयोजक तथा सदस्य पदको उम्मेदवार हुन प्रतिनिधित्व गरेको संस्थाले संघको सदस्यता लिएको कम्तीमा तीन वर्ष पुरा भएको हुनुपर्ने रहेको छ ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक तथा सदस्य पदको उम्मेदवार हुन संघ वा अन्य निकायको तर्फबाट आयोजना गरिने लेखापालन वा लेखापरीक्षणसँग सम्बन्धित तालिम समेत लिएको हुनुपर्ने जनाएको छ ।

त्यस्तै सञ्चालक समितिको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सदस्यहरु एवं लेखा सुपरीवेक्षण समितिको संयोजक लगायत सदस्यहरु सोही पदमा लगातार दुई कार्यकाल पुरा गरीसकेपछि क्रम नटुटाई तेश्रो पटकका लागी सोही पदमा उम्मेदवारी दिन तथा निर्वाचित भई पदमा रहन नपाईने समेत जनाएको छ ।

अभिलेख

लोकप्रिय