२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कूनमा एमालेले टुंग्यायो उम्मेदवार

२०८० पुष ६, शुक्रबार
नेफ्स्कूनमा एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौं : आइतबार हुने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को निर्वाचनका लागि नेकपा एमालेले पदाधिकारीको उम्मेदवार टुंग्याएको छ ।

पदाधिकारीको उम्मेदवार लगभग टुंग्याए पनि सार्वजनिक भने गरिएको छैन । स्राेतका अनुसार वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, उपाध्यक्षमा शान्ति अधिकारी, कोषाध्यक्षमा जिवसराज खड्काको नाम फाइनल भएको छ ।

त्यस्तै महासचिवमा केशव प्रसाद पोख्रेल, उद्धव सापकोटा र घनश्याम अधिकारी मध्ये एक जना उम्मेदवार बन्नेछन् । यिनै तीन जना मध्येबाट एक जना लेखा समिति संयोजक बन्नेछन् भने एक जना पदाधिकारीको उम्मेदवारबाट बाहिरिनेछन् ।

अध्यक्ष पदमा भने परितोष पौड्यालको उम्मेदवारी मंगलबार नै घोषणा गरिएको थियो ।

 

अभिलेख

लोकप्रिय