२२ कात्तिक २०८३, आईतवार

गठबन्धनको साझा उम्मेदवार बने चन्द्रप्रसाद ढकाल

२०८० पुष ५, बिहिबार
गठबन्धनको साझा उम्मेदवार बने चन्द्रप्रसाद ढकाल

काठमाडौं : नेफ्स्कूनको आसन्न निर्वाचनमा दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा चन्द्रप्रसाद ढकाललाई अघि सारिएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र अन्य दल निकट सहकारीकर्मीको साझा उम्मेदवारको रुपमा ढकाललाई अघि सारिएको हो । कुन दलले कति पद लिने भन्ने पनि टुंगिसकेको जनाएको छ ।

सम्पूर्ण उम्मेदवारको नाम टुंग्याएर औपचारिक कार्यक्रममार्फत टिम घोषणा गर्ने तयारी गरिएको छ ।

अभिलेख

लोकप्रिय