२३ कात्तिक २०८३, सोमबार

यस्तो छ, पोखरा रोयलको वित्तीय सूचक

२०८० पुष ३, मङ्गलबार
यस्तो छ, पोखरा रोयलको वित्तीय सूचक

कास्की : पोखरा-१०, बुद्धचोक कास्की स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मंसिर मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सहकारी विभागको निर्देशन बमोजिम हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको संस्थाले मंसिर मसान्तसम्मको विवरण सोमबार सार्वजनिक गरेको हो ।

यस अवधिमा संस्थाको सेयर पुँजी २० करोड ४५ लाख २० हजार रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार ४ सय ३२ रुपैयाँ, विभिन्न कोषमा १२ करोड ९ लाख ८ हजार ६ सय ६१ रुपैयाँ र कुल संस्थागत पुजी १८ करोड ७० लाख ४६ हजार ८ सय १४ रुपैयाँ रहेको छ ।

१ अर्ब ७० करोड ८१ लाख ९७ हजार २ सय ४१ रुपैयाँ बचत संकलन गरी १ अर्ब ७१ करोड ७७ लाख ७४ ११ रुपैयाँ लगानी गरेको छ ।

२ अर्ब ३२ करोड ७४ लाख २४ हजार ३ सय ७९ रुपैयाँ कुल सम्पत्ति रहेको संस्थासँग तरलता ५३ करोड १२ लाख ५७ हजार ५ सय १२ रुपैयाँ (३१.१० प्रतिशत) रहेको छ ।

९ हजार १ सय १५ जना सदस्य रहेको संस्थामा १ हजार ३ सय ९१ जना ऋणी सदस्य छन् ।

अभिलेख

लोकप्रिय