मिलिजुली कालिञ्चोक सहकारीको अध्यक्षमा कृष्ण गौतम
दोलखा : चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृष्ण बहादुर गौतम निर्वाचित भएका छन् । संस्थाको ३०औं वार्षिक साधारण सभाले गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो ।
साधारण सभाबाट सञ्चालक समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुर प्रसाद पाठक, सहसचिवमा अर्जुन प्रसाद चौलागाई र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का निर्वाचित भएका छन्।
त्यस्तै सञ्चालक समितिको सदस्यमा देवेन्द्र अर्याल, लक्ष्मी थापा, नवराज रिजाल, पुष्कर कुमार श्रेष्ठ, अनिता खड्का श्रेष्ठ, बिनिता सुवेदी भण्डारी, रविलाल श्रेष्ठ, राजेश उप्रेती, रमेश चौलागाई, रुद्रजंग बुढाथोकी, शारदा थापा र सुजन काफ्ले निर्वाचित भएका छन् ।
सभाले नारायण प्रसाद सापकोटाको संयोकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । समितिमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ सदस्य रहेका छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा संस्थाले नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ । संस्थाले संस्थाले ७ करोड ४२ लाख ४ हजार ५ सय ८२ रुपैयाँ ९२ पैसा (आन्तरिक सजावट सहित) खर्च गरेर भवन निमार्ण गरेको हो ।
आर्थिक बर्ष २०७९/८० असार मसान्तसम्म संस्थाको शेयर पुँजी ७ करोड ८२ लाख ५२ हजार, बचत संकलन ९१ करोड ३ लाख र ऋण लगानी ९८ करोड २९ लाख ८५ हजार रहेको छ ।
संस्थाका विभिन्न कोषहरुमा गरी १२ करोड ६१ लाख ५५ हजार, स्थिर सम्पत्ति १० करोड ९७ लाख र बाह्य ऋण ११ करोड ३३ लाख रहेको छ । संस्थाको कुल वासलात १ अर्ब २६ करोड १० लाख पुगेको छ ।
संस्थामा २५ हजार ६५ जना सदस्य र ९ हजार २६९ जना बाल सदस्य गरी ३४ हजार ३३४ जना सदस्य पुगेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
