२३ कात्तिक २०८३, सोमबार

आफ्नै भवनमा मिलिजुली कालिञ्चोक साकोस

२०८० पुष १, आईतवार
आफ्नै भवनमा मिलिजुली कालिञ्चोक साकोस

दोलखा : चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको आज राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले  गरेका छन् ।

संस्थाले ७ करोड ४२ लाख ४ हजार ५ सय ८२ रुपैयाँ ९२ पैसा खर्च गरेर भवन निमार्ण गरेको हो । भवनको स्ट्रक्चर निर्माणमा ५,६२,९७,२९९.२१ र आन्तरीक सजावटको लागि १,७९,०७,२८२.७६ गरी ७,४२,०४,५८२.९२ मा भवन निर्माण गरेको संस्थाले जनाएको छ ।

२०७५  साल भाद्र ७ गते बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री कैलाशप्रसाद ढुंगेलबाट भवनकाे शिलान्यास भएको थियो ।

 

अभिलेख

लोकप्रिय