२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कून महासचिवमा सन्दिप सापकोटाको उम्मेदारी घोषणा

२०८० पुष १, आईतवार
नेफ्स्कून महासचिवमा सन्दिप सापकोटाको उम्मेदारी घोषणा

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुुन)को आसन्न निवार्चनमा सञ्चालक सन्दीप सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

पुस ७ र ८ गते काठमाडौंमा हुने नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभामा सापकोटाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विगत २५ वर्षदेखि सहकारी अभियानमा सकृय सापकोटा राष्ट्रिय सहकारी बोर्डका कार्यकारी सदस्य समेत हुन् ।

सहकारीमा राजनीति गर्न नहुने राधणा राख्ने सापकोटा साझा, निष्पक्ष र सबैको पारस्परिक समझदारीको रुपमा नेतृत्व निर्माण गर्नुपर्ने बताउँछन् ।

राजनीतिक आस्थाका आधारमा क्षमता भएका साथीहरुलाई पछाडि पार्ने र क्षमता नभएका साथीहरुलाई अगाडि बढाउने काम सहकारीमा गर्न नहुने धारणा सापकोटा राख्छन् । नेफ्स्कूनलाई सबै राजनीतिक विचारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउनुपर्ने उनी बताउँछन् ।

सापकोटाले सहकारी सुद्धिकरणलाई मुख्य एजेन्डाको रुपमा अगाडि सारेका छन् । ‘उत्पादकत्व, उत्पादन र उद्यमशीलतामा सहकारीहरुलाई जोड दिने र सहकारीभित्र मिटरब्याजी, जग्गा व्यापारीहरु, उच्चपदस्थ कर्मचारी, राजनीतिक दलका नेतृत्व लगायतका व्यक्तिहरुलाई प्रवेश गराएर सहकारीलाई कमाई खाने भाँडो बनाउन हुन्न भन्ने एजेन्डालाई मैले अगाडि सारेको छु’, उनले भने ।

सहकारीलाई समाजवादउन्मुख कार्यदिशाको शुरुवात गर्ने खुड्किलोको रुपमा विकास गर्नुपर्ने समेत उनी बताउँछन् । ‘सरकारले पनि अर्थतन्त्रको तीनखम्बा अन्तर्गत एउटा खम्बा सहकारीलाई मानेको छ, सोहीअनुसार अगाडि जानुपर्छ भन्ने मेरो एजेन्डा हो’, उनले भने ।

अभिलेख

लोकप्रिय