२३ कात्तिक २०८३, सोमबार

समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक: रजिष्ट्रार

२०८० मंसिर ३०, शनिवार
समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक: रजिष्ट्रार

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानको लागि कार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

‘पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदा पनि ठूलो संटक सृजना भयो’, रजिष्ट्रार घिमिरे भने, ‘यो समस्या समाधानको लागि सबैले आ-आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरी अगाडी बढ्नुपर्छ ।’

नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै रजिष्ट्रार घिमिरे भने, ‘समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक छ । हामीबाट पनि विगतमा केही कमीकमजोरी भएको हुनसक्छ ।’

कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने चुनौती सबैमा रहेको समेत स्पष्ट पारे । सदस्यहरुमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व हामी सबैमा रहेको घिमिरेले बताए ।

अभिलेख

लोकप्रिय