२३ कात्तिक २०८३, सोमबार

प्राकृतिक सहकारीको १४औं साधारण सभा सम्पन्न, केशब बडाल पत्रकारिता पुरस्कार दाहाललाई

२०८० मंसिर ३०, शनिवार
प्राकृतिक सहकारीको १४औं साधारण सभा सम्पन्न, केशब बडाल पत्रकारिता पुरस्कार दाहाललाई

काठमाडौं : ललितपुरको चापागाँउमा मुख्य कार्यालय रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतित्थ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तिमल्सिनाले सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि प्रबिधि मैत्री सेवा प्रदान गरिरहेको बताए । संस्थाको मुख्य कार्यालय गोदावरी नगरपालिका चापागाँउ तथा कर्पोरेट कार्यालय ललितपुर महानगरपालिका सातदोबाटो, सदस्य सेवाकेन्द्र कोञ्ज्योसोम गापा शंखु र रिलायवल साकोस सेवाकेन्द्र शंखमुलमार्ग, नयाँबानेश्वर काठमाडौंमा रहेको छ ।

आर्थिक वर्ष २०७९/८०को आषाढ मसान्तसम्म शेयर पूँजी ६ करोड ६३ लाख ४८ हजार ९०० रुपैयाँ, जगेडा कोषमा १ करोड ८० लाख ९३ हजार ८३१ रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको अन्य कोषमा १ करोड ८७ लाख ४६ हजार ७०४ रुपैयाँ तथा निक्षेप ३९ करोड ६६ लाख ६१ हजार रुपैंयाँ रहेको छ । संस्थाको लगानीमा रहेको ऋण ६७ करोड ९६ लाख ९५ हजार ६९० रुपैयाँ रहेको छ ।

केशब बडाल सहकारी पत्रकारिता पुरस्कार दाहाललाई

केशब बडाल सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी अखबारका प्रधान सम्पादक खिलानाथ दाहाल सम्मानति भएका छन् ।

सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले ब्यक्तिगत रुपमा कोष स्थापना गरी हरेक वर्ष सहकारी क्षेत्रमा कलम चलाइरहेको पत्रकारलाई सम्मान गर्न थालेकी हुन् । शुक्रबार संस्थाको १४ औं बार्षिक साधारण सभामा मल्लले दाहाललाई पुरस्कृत गरेकी हुन् ।

मल्ल संस्थाका प्रमुख सल्लाहकार हुन् ।

अभिलेख

लोकप्रिय