नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा पुन: काजी श्रेष्ठ निर्वाचित
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पुन: काजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३औं बार्षिक साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । श्रेष्ठ सहकारीखबरका सम्पादक हुन् ।
संस्थाको उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सन्तोष रोकाया, सह सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपाल पत्रका माधव कुमार खड्का चयन भएका छन् । यस्तै, सदस्यहरुमा अर्थबजार डटकमकी नमिता दुलाल र बाह्रखरी डटकमका बलराम बुढाथोकी रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र प्रदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी पत्रकारितालाई थप मर्यादित, विश्वसनीय र गुणस्तरीय बनाउने दिशामा नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने बताए । सीजेएनले सहकारी अभियान, सरकार र सदस्यबीच सेतुको काम गर्ने समेत बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
