नेचुरल सहकारीको आयोजनामा ‘वी क्यान वर्कशप’
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘वी क्यान वर्कशप’ सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले विकास गरेको स्तरिकरण कार्यक्रम ‘कोसिश’मा आवद्ध सहकारीको दोस्रो समूहको पहिलो ‘वी क्यान वर्कशप’ सम्पन्न गरेको हो ।
‘वी क्यान वर्कशप’ अर्थात् “सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशालामा बागमती प्रोस्कूनले प्राविधिक सहयोग गरेको थियो । नेचुरल सहकारीका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रोस्कूनका सचिव गोविन्द प्रसाद काफ्ले, कोषाध्यक्ष केशव प्रसाद दंगाल, संचालक ठाकुर प्रसाद वास्कोटाको आतिथ्यतामा थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी सापकोटाले सहकारी संस्था संचालन गर्दा सुशासनमा चलाउनुपर्ने, त्यसको लागि मार्ग दर्शक कोशिस कार्यक्रम रहेको र प्रयोग यस्तै किसिमका कार्यशाला माध्यम बनेर आउने कुरा राखेका थिए । साथै नेचुरल साकोसको आफ्नै भवन हुनु सदस्यहरुको गर्वको विषय रहेको र राज्यको सहयोग विना सहकारी सदस्यले यस्ता किसिमका कार्य गर्दा राज्यले हौसला दिनुपर्ने विषय समेत उल्लेख गरे ।
बागमती प्रदेश सरकार र बागमती प्रोस्कूनको साझेदारीमा सञ्चालित कोशिश कार्यक्रमले आबद्ध साकोसहरुलाई निरन्तर शिक्षा र सहकार्यबाट उच्चस्तरको गुणस्तर कायम राख्न साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका कार्यक्रम अधिकृत नवराज घोरसाइनेले “सहकारीमा सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण” र सम्पत्ति शुद्धिकरण निवारण ऐनसँग आकर्षित हुने नीति, निर्देशिका सम्वन्धमा सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशनको आधारमा आफ्नो सस्थामा कार्यविधि बनाई कार्यन्वयन गर्नुपर्ने बताए । कार्यन्वयन अधिकारी तोकी सम्वन्धित निकायमा संस्थासँगको कारोवारको विवरण नेपाल रास्ट्र बैकको वित्तीय जानकारी इकाइमा गोएमएलमार्फत पेश गर्नुपर्ने, अर्धवार्षिक रुममा संचालक समितिमा छलफल र वार्षिक जोखिम मूल्याकन गरी नियमक निकायमा विवरण पेश गर्नुपर्ने विषयमा अनुशिक्षण गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेचुरल सहकारीका प्रबन्धक घनश्याम नेपालले गरेका थिए भने नेचुरल साकोसका सचिव विकल्प पाठकले कोशिस कार्यक्रममा आवद्ध हुन पाउँदा सहकारीले मार्गदर्शक पाएको बताए । धेरै आरोह अवरोहका साथ यहाँसम्म संस्थालाई ल्याईएको अव भने जोखिमरहित र सुशासित संस्था बनाउन आफू र आफ्नो साकोस टिम लागिपर्ने बताए ।
कोशिश कार्यक्रममा आवद्ध काठमाडौका ९ वटा संस्थाका व्यवस्थापकहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित रही आफ्नो आफ्नो संस्थाको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा संघका कार्यक्रम अधिकृत नवराज घोरसाईने र विमला पुडासैनीले पृष्ठपोषण गरेका थिए । उक्त समूहको आगामी कार्यशाला भद्रवास साकोसको, आयोजनामा आगामी २०८० चैत्र १७ गतेका दिन आयोजना गर्ने निर्णय समेत भएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
