बागमती प्रोस्कूनको तेस्रो साधारण सभा सम्पन्न, अबको कार्यदिशा सञ्जाल व्यवस्थापन र सहकार्य
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्राेस्कुन)को तेस्रो साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सभामा संघका महमसचिव जिवसराज खड्काले आर्थिक बर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले सहकारी संघ संस्थाको सञ्चालन व्यवसायको विकास, प्रवद्र्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्याउदै आएको बताए । संघले यस बर्ष दिगो सहकारी सञ्चालनका लागि वृहत एकीकरण अभियान सञ्चालन, ग्रामीण विकासका लागि सहकारी कार्यक्रम, उद्यमशीलता विकास कार्यक्रम,वित्तीय साक्षरता कार्यक्रम,मानव श्रोत विकास,बहस पैरवी र गुणस्तर सुनिश्चतता जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सभामा जानकारी दिए ।
संघका कोषाध्यक्ष केशवप्रसाद दंगालले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सघंले गत असार मसान्तसम्म ४५१ सदस्य, ७ करोड १२ लाख ५९ हजार शेयर पुँजी, २ अर्ब ४० करोड ९७ लाख बचत संकलन र ८१ करोड ४३ लाख २५ हजार ऋण लगानी गरेको छ । संघको जगेडा कोषमा ८३ लाख ४९ हजार रकम जम्मा भएको छ । त्यस अवघिमा संघले १ करोड खुद नाफा आर्जन गरेको छ । सभामा लेखा सुपरीवेक्षेण समितिका संयोजक देवप्रसाद त्रिपाठीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सञ्जाल विस्तार र सञ्जाल सहकार्यमा विशेष योजना कार्यान्वयन गर्न सुझाव दिए । सभामा विभिन्न ११ विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
सभामा शुभकामना मन्तव्य राख्दै कँडेलले महासंघले ‘भिजन २०३०’ सार्वाजनिक गरेको र मुलुकमा रहेका ३० हजार सहकारी संस्थालाई एकीकरण मार्फत १० हजारमा झार्ने लक्ष्य लिएको बताए । जिडिपी र वित्तीय पहुँचमा पनि सहकारीको हिसा बढाउने लक्ष्य लिएकाले सबै संस्थाहरुले सोही अनुरुप काम गर्न उनले आग्रह गरे ।
सभामा संघका अध्यक्ष सापकोटाले सहकारी अभियानमा आफनो छुटै पहिचान बनाउन संघ तल्लिन रहेको बताए । संघले सहकारी अभियानका लागि दक्ष जनशक्ति उत्पादनका लागि पाठ्यक्रममा आधारित गुणस्तरीय तालिमहरु सञ्चालन गर्ने,सहकारी शिक्षाको गुणस्तर वृद्धिका लागि खोजपूर्ण स्रोत सामाग्री विकास र प्रमाणिकरण गर्ने र कोशिस कार्यक्रमको विकास गरी र उक्त कार्यक्रममा सदस्य संस्थाको आवद्ध बढाउदै गएको उनले बताए ।
अबको कार्यदिशा सञ्जाल व्यवस्थापन र सहकार्य रहेको उनले जनाए । उनले विभिन्न सुंचकहरुको विकास गरी संस्थाहरुको वर्गिकरण गर्ने र सोही अनुसारको सेवा विकास गर्ने उनले सभामा जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
