एकीकृत फ्रेण्डसिप बचतको कुल सम्पत्ति १ अर्ब ३४ करोड
दोलखा : जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथ ऋण सहकारी संस्थाले कातिक महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना समाप्त भएको एक हप्ता भित्र अघिल्लो महिनाको वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कातिक मसान्तसम्म शेयर पुँजी १० करोड ८३ लाख ७६ हजार , जगेडा कोष ६ करोड ५२ लाख ६५ हजार र अन्य कोषहरु ३ करोड ५८ लाख ६८ हजार रहेको छ । त्यसैगरी संस्थाले त्यस अवधिमा बचत संकलन १ अर्ब ७ करोड ५२ लाख ९७ हजार , ऋण लगानी १ अर्ब १ करोड ७० लाख ४३ हजार र तरलता रकम १८.४३ प्रतिशत अर्थात १९ करोड ८१ लाख ८९ हजार रहेको छ । संस्थामा १५ हजार ५०७ जना सदस्य आवद्ध रहेका छन् भने २ हजार ५९२ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । बाल बचतकर्ता ४ हजार ७० जना रहेको संस्थाले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।
संस्थाको कुल सम्पत्ति १ अर्ब ३४ करोड २३ लाख ९५ हजार पुगको छ । संस्था नेफ्स्कूनले सञ्चालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रममा आवद्ध भएर ब्राण्ड समेत प्राप्त गरिसकेको छ । संस्थाले मुख्य कार्यालय सहित १३ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
