२३ कात्तिक २०८३, सोमबार

३० जना सदस्यलाई २ वर्षको लागि निर्ब्याज ऋण दिँदै जनउत्थान सहकारी

२०८० मंसिर ७, बिहिबार
३० जना सदस्यलाई २ वर्षको लागि निर्ब्याज ऋण दिँदै जनउत्थान सहकारी

रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारीले ३० जना सदस्यहरुलाई निर्ब्याज ऋण सापटी दिने घोषणा गरेको छ ।

संस्थाले १८औं वार्षिक उत्सावको अवसरमा प्रति सदस्य १० हजार रुपैयाँको दरले निर्ब्याज ऋण सापटी दिन लागेको हो । उक्त सापटी २ वर्षसम्मको लागि हुने संस्थाले जनाएको हो ।

संस्थाले बाख्रा पालकहरुलाई थप प्रोत्साहन गर्नको लागि उक्त योजना ल्याएको हो । संस्थाका अनुसार यसरी सापटी पाउनको लागि ७ वटाभन्दा बढी माउ बाख्रा हुनुपर्ने जनाएको छ ।

सापटी लिनको लागि मंसिर २० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय