२३ कात्तिक २०८३, सोमबार

विकू बचतमा थुप्रियो पैसा, तरलता मात्रै २ अर्ब ३० करोड

२०८० मंसिर ७, बिहिबार
विकू बचतमा थुप्रियो पैसा, तरलता मात्रै २ अर्ब ३० करोड

गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्थाले कार्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले सहकारीको विभागको निर्देशन बमोजिम हरेक महिना वित्तीय विवरण प्रकाशन गर्दै आएको छ ।

कार्तिक मसान्तसम्ममा संस्थामा १ लाख १५ हजार ४ सय २९ जना सदस्य आवद्ध भएका छन् । यस अवधिसम्मा संस्थाको सेयर पुँजी ८९ करोड ८७ लाख, जगेडा कोष ६२ करोड ६२ लाख, कुल संस्थागत पुँजी ७२ करोड ६३ लाख र अन्य विभिन्न कोषहरुमा ९ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कुल बचत ७ अर्ब ६२ करोड ३५ लाख, लगानी ६ अर्ब ७९ करोड ८४ लाख र तरलता रकम २ अर्ब ३० करोड ५ लाख (३०.१८ प्रतिशत) रहेको छ ।

संस्थाको कुल सम्पत्ती ९ अर्ब ५९ करोड २ लाख रुपैयाँ रहेको छ ।

अभिलेख

लोकप्रिय