२३ कात्तिक २०८३, सोमबार

पोखरा रोयलसँग २५.९६ प्रतिशत तरलता, कस्तो छ वित्तीय सूचक?

२०८० मंसिर ७, बिहिबार
पोखरा रोयलसँग २५.९६ प्रतिशत तरलता, कस्तो छ वित्तीय सूचक?

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले कार्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले सहकारीको विभागको निर्देशन बमोजिम हरेक महिना वित्तीय विवरण प्रकाशन गर्दै आएको छ ।

कार्तिक मसान्तसम्ममा संस्थामा ९ हजार ७१ जना सदस्य आवद्ध भएका छन् । यस अवधिसम्मा संस्थाको सेयर पुँजी २० करोड ७४ लाख, जगेडा कोष १८ करोड ५२ लाख, कुल संस्थागत पुँजी १८ करोड ७० लाख र अन्य विभिन्न कोषहरुमा १२ करोड १० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कुल बचत १ अर्ब ६७ करोड ६५ लाख, लगानी १ अर्ब ७७ करोड १४ लाख र तरलता रकम ४३ करोड ५२ लाख (२५.९६ प्रतिशत) रहेको छ ।

अभिलेख

लोकप्रिय