२३ कात्तिक २०८३, सोमबार

सहकारी अभियन्ता माधवलाल देवकोटाको निधन, सहकारी अभियान स्तब्ध

२०८० मंसिर ४, सोमबार
सहकारी अभियन्ता माधवलाल देवकोटाको निधन, सहकारी अभियान स्तब्ध

काठमाडौं : सहकारी अभियन्ता माधवलाल देवकोटाको सडक दुर्घटनामा परी निधन भएको छ ।

देवकोटा चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ उनीसहित २ जनाको निधन भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलभैरहवा सडक खण्डको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा तिलोत्तमा नगरपालिका शंकरनगर निवासी देवकोटा र सोही नगरपालिका वडा नं २जानकी नगर बस्ने यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । देवकोटा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा तिलोत्तमाबहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् ।

सहकारीले सञ्चालन गरेको मल विक्रीका लागि सुध्योधनस्थित मानपकडी सेवा केन्द्र जाने क्रममा देवकोटा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

सहकारी अभियन्ता देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध बनेको छ ।

अभिलेख

लोकप्रिय