२३ कात्तिक २०८३, सोमबार

प्लाष्टिकरहित तिहार बनाउन विकू सहकारीको आव्हान

२०८० कात्तिक २५, शनिवार
प्लाष्टिकरहित तिहार बनाउन विकू सहकारीको आव्हान

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले यसवर्षको तिहार प्लाष्टिक रहित बनाउन आव्हान गरेको छ । प्राकृतिक फूलको प्रयोग गरी पर्यावरण जोगाउन सम्पूर्णमा आह्वान गरेको हो । संस्थाले सूचना जारी गर्दै तिहारमा प्लाष्टिक जन्य वस्तुको प्रयोग नगर्न आग्रह गरेको छ।

विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा ‘राजु’ले देशमा पर्याप्त प्राकृतिक फूल उत्पादन भएको बताउँदै यसको उपभोग गर्न आग्रह गरेका छन् । दिगो विकासको लक्ष्य प्राप्तीका लागि पनि सबैको हातेमालो जरुरी रहेको उनले बताए ।

विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले वातावरणमा संरक्षणमा सबै मिलि जुट्नुपर्ने बताए । स्वदेशी प्राकृतिक मालाको उपयोगले स्वदेशमा नै आर्थिक आम्दानी पनि हुने र वातावरण पनि स्वच्छ हुने उनको भनाई छ ।

नवलपुरको गैँडाकोट तथा चितवनको भरतपुरमा यसपटक अत्यधिक फूल उत्पादन भएको छ । फूल उत्पादन गर्ने अधिकांश विकूका सदस्य पनि हुन् ।

अभिलेख

लोकप्रिय