२३ कात्तिक २०८३, सोमबार

‘सहकारी’ देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधार: सभामुख घिमिरे

२०८० कात्तिक २५, शनिवार
‘सहकारी’ देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधार: सभामुख घिमिरे

ललितपुर : सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने सभामुख देवराज घिमिरेले बताएका छन् । बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको समेत बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्त्वपूर्ण आधार सहकारी भएको बताए । जनताको पहुँच नभएको ठाउँमा पहुँच पुर्‍याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको घिमिरेले बताए ।

‘हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ,’ उनले भने, ‘सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो। सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्त्व दिएको छ।’

अभिलेख

लोकप्रिय