२३ कात्तिक २०८३, सोमबार

सहकारी अभियानका लागि खुसीको खबर: सन् २०२५ अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा

२०८० कात्तिक २४, शुक्रबार
सहकारी अभियानका लागि खुसीको खबर: सन् २०२५ अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा

काठमाडौं : सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने संयुक्त राष्ट्र संघले घोषणा गरेको छ । सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न राखिएको एल ११ प्रस्तावलाई ७८औं राष्ट्र संघीय महासभा अन्तर्गतको तेस्रो समितिको ४७औं प्लेनरी बैठकले पारित गरेको हो ।

राष्ट्र संघले यस अघि सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाएको थियो । पहिलाे अन्तर्राष्ट्रिय सहकारी वर्षमा सहकारी क्षेत्रमार्फत महिला, युवा, अल्पसंख्यकहरुको मूल प्रवाहीकरणमा महत्वपूर्ण काम भएको थियो ।

सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न मंगोलियोले उक्त प्रस्ताव राखेको थियो ।

सहकारी क्षेत्रको विकास र प्रवर्धनसँगै पिछडिएको समुदायको सामाजिक आर्थिक लगायत बहुआयामिक विकासका लागि विश्व समुदायमा यसको उपादेयता झल्काउने अवसरको रुपमा यसलाई लिन सकिन्छ । संयुक्त राष्ट्र संघले विश्वका १ सय ९३ सदस्य राष्ट्र भएको राष्ट्र संघ सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्च हो । राष्ट्र संघले सहकारी क्षेत्रलाई दिएको यो उच्च मान्यता हो । यसले विश्व सहकारी अभियानलाई थप सशक्त बनाउने अपेक्षा र विश्वास सहकारीकर्मीहरुले गरेका छन् ।

विश्व सहकारी समुदायले प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय वर्ष पुगेको ऐतिहासिक अवसरमा राष्ट्र संघले सन् १९९५ देखि प्रत्येक जुलाई महिनाको पहिलो शनिवारलाई संयुक्त रष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

अभिलेख

लोकप्रिय