२३ कात्तिक २०८३, सोमबार

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न महासंघद्वारा आव्हान, सहयोग गर्न सहकारी अभियान तयार

२०८० कात्तिक १९, आईतवार
भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न महासंघद्वारा आव्हान, सहयोग गर्न सहकारी अभियान तयार

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट ठुलो मात्रामा मानविय र भौतिक क्षति पुगेकाले उद्धार र राहतमा जुट्न सहकारीकर्मीलाई आव्हान गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रबाट राहत, उद्धार र पुनःस्थापनामा जुटन सहकारीकर्मीहरुलाई आग्रह गरेको हो ।

महासंघले विपद्को यस घडीमा विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय संघहरु तथा प्रारम्भिक सहकारी संस्थाहरुलाई भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवास निर्माणका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउन आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न आव्हान गरेको हो ।

साथै घाइतेका लागि आवश्यक रगत संकलन तथा भूकम्प पीडितका लागि अस्थायी बसोवासको व्यवस्थापनको सहयोगमा जुट्न महासंघका अध्यक्ष मिनराज कँडेलले सबै सहकारीकर्मीलाई अपिल गरेका हुन्। विषम परिस्थितिमा सहकारी अभियानले सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत विज्ञप्तिमा जनाएको छ।

अभिलेख

लोकप्रिय