२३ कात्तिक २०८३, सोमबार

राष्ट्रिय सहकारी बैंकको २०औं साधारण सभाको मिति तय, के-के छन् एजेण्डा?

२०८० कात्तिक १९, आईतवार
राष्ट्रिय सहकारी बैंकको २०औं साधारण सभाको मिति तय, के-के छन् एजेण्डा?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारण सभाको मंसिर ३० गते हुने भएको छ । कार्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सातै प्रदेशमा एकैदिन साधारण सभा गर्ने निर्णय गरेको छ । साथै साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पौष ६ गते काठमाडौंमा हुने भएको छ ।

साधारण सभाका १३ वटा एजेण्डाहरु रहेका छन् । साधारण सभाका अन्य कोषको रकम जगेडा कोषमा स्थानान्तरण गर्ने, विनियम संशोधन, कार्यविधिहरु थप तथा संशोधन, केन्द्रीय कार्यालय स्थानान्तरण, नियमनकारी निकायको निर्देशन लगायत १३ वटा एजेण्डाहरु रहेका छन् ।

अभिलेख

लोकप्रिय