६.२० प्रतिशतले बढ्यो जनसचेतनको आम्दानी, कोषमा मात्रै २१ करोड ९३ लाख
दोलखा : बैतेश्वर गाउँपालिका ५ काब्रेमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति २ अर्ब नाघेको छ । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म साकोसको कुल सम्पत्ति २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको हो ।
यस अवधिमा संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ छ भने कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको छ ।
कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य रहेका छन् । जनसचेतन साकोसको गत आर्थिक वर्षको तुलनामा ६ दशलमव २० प्रतिशतले आम्दानी बृद्धि भएको छ ।
योसँगै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ । आम्दानीसँगै खर्च पनि गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले बृद्धि भएको जनसचेतन साकोसले जनाएको छ । संस्थाका अनुसार २४ करोड ८५ लाख ५३ हजार ५ सय ७६ रुपैँया खर्च भएको हो ।
हाल संस्थाको ३० औं वार्षिक साधारण सभा एकाइगत रुपमा जारी छ । कात्र्तिक १७ गतेबाट सुरु भएको साधारण सभा २२ गतेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
