विकू बचत र चितवन आँखा अस्पतालबीच सम्झौता, सदस्यलाई २० प्रतिशतसम्म छुट
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था र चितवन आँखा अस्पतालबीच सदस्यहरुलाई आँखा जाँच सेवामा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विकू बचतका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल र चितवन आँखा अस्पतालका प्रवन्ध निर्देशक प्रदीप पौडेलबीच आज सम्झौता भएको हो । सम्झौता अनुसार विकूका सदस्यहरुले आँखा जाँच सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
साथै आवश्यकताको आधार र समय समयमा सदस्य, सदस्यका परिवार र समुदायका न्यून आय तथा असाहाय व्यक्तिको आँखा चेक चाँज तथा परार्मश सेवा प्रदान गरिने छ । विकूका सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।
चितवन आँखा अस्पताल भरतपुर १०, चौविसकोटी अस्पताल रोडमा रहेको छ । साथै वाईपास रोडमा रहेको अस्पतालको शाखाबाट पनि सेवा लिन सकिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
