देउराली सहकारीका म्यानेजरसहित थप दुई पक्राउ, चौलागाईंमाथि संगठित अपराध कसुरमा अनुसन्धान
काठमाडौं : ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका म्यानेजर (व्यवस्थापक) दीपक केसी र ऋण समितिका सदस्य राजेन्द्र खत्री रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
सीआईबीले असोज १६ गते संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेर संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । चौलागाईले सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर सहकारीमा संगठित रूपमा ठगी गरेको निष्कर्षसहित सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो । संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।
कर्जा समिति संयोजक राजेन्द्र चौलागाईंकै आफन्त हुन् ।
चौलागाईविरुद्ध चार करोड ५० लाख ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। जाहेरी दिनका लागि सीआईबीले सहकारीका पीडित सदस्यहरूलाई आग्रह गरेको छ। सो सहकारीले बचतकर्ताको करिब सात अर्ब फिर्ता गर्न सकेको छैन।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
