२३ कात्तिक २०८३, सोमबार

सहकारी अभियान ‘वन अफ द एक्टर्स अर्फ एसडीजी’: राष्ट्र संघीय महासचिव गुटेरेस

२०८० कात्तिक १४, मङ्गलबार
सहकारी अभियान ‘वन अफ द एक्टर्स अर्फ एसडीजी’: राष्ट्र संघीय महासचिव गुटेरेस

काठमाडौं : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सहकारी अभियान ‘वन अफ द एक्टर्स अर्फ एसडीजी’ रहेको बताएका छन् । राष्ट्र संघले दिगो विकासका लक्ष्य हालिस गर्न सहकारी क्षेत्रको अहम् भूमिका हुने भन्दै गुटेरेसले सहकारी अभियानलाई ‘वन अफ द एक्टर्स अर्फ एसडीजी’ भनेका हुन् ।

विश्व शान्ति, मानवअधिकार, सामाजिक न्याय, आर्थिक शसक्तिकरण, लैङ्गिक, जातिय लगायतका विभेदहरुको अन्त्यमा विश्व सहकारी अभियानको शीर्ष निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघले ऐक्यबद्धता जनाउँदै आएको छ । यी उपलब्धी हासिल गर्न महासंघले खेलेको भूमिकोको गुटेरेसले प्रशंसा गरेका छन् ।

हाल विश्व जनसंख्याको कम्तिमा १२ प्रतिशत सहकारीमा आवद्ध रहेका छन् । त्यस्तै नेपालको मुल जनसंख्याको २० प्रतिशत सहकारीमा आवद्ध छन् ।

महासचिव गुटेरेसको नेपाल भ्रमणको केही समयअघि गत सेप्टेम्बरमा सम्पन्न ७८औं राष्ट्र संघीय महासभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश भएको थियो । ‘सामाजिक विकासमा सहकारीको भूमिका’ विषयक महासचिवको उक्त प्रतिवेदनले पनि दिगो विकासको लक्ष्य हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै विश्वका सरकारहरुलाई सहकारीमार्फत उद्यमशिलता विकासको अभियानमा जोड्न आग्रह गरेका छन् ।

सहकारीमार्फत ऐजेण्डा २०३० हासिल गर्न सहकारीहरुको भूमिका अहम् हुने भएपनि कारणवश सम्भावनाअनुरुप काम भने हुन नसकिरहेको तर्फ ध्यानाकर्षण गराएका थिए । प्रतिवेदनमा अबका दिनमा सरकार र सहकारी अभियानले गर्नुपर्ने काम र लिनुपर्ने तदारुकताबारे समेत सुझावहरु उल्लेख गरिएको छ । महासचिव गुटेरेसले सहकारीहरुले विकासका तीनै आयाममा हालसम्म खेलेको भूमिकाको प्रशंसा समेत गरेका थिए ।

गुटेरेस कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमणमा छन् । ७८औं राष्ट्र संघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

गुटेरेसले आज (मंगलबार) संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका छन् । नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको, संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताएका छन् ।

अभिलेख

लोकप्रिय