२३ कात्तिक २०८३, सोमबार

सहकारी महासंघद्वारा इजरायल र प्यालेस्टाइनमा शान्तिको आह्वान, सहयोगका लागि अपील

२०८० कात्तिक १४, मङ्गलबार
सहकारी महासंघद्वारा इजरायल र प्यालेस्टाइनमा शान्तिको आह्वान, सहयोगका लागि अपील

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघले इजरायल र प्यालेस्टाइनमा शान्तिको लागि आह्वानमा वक्तव्य जारी गरेको छ । प्यालेस्टाइनस्थित हमास चरमपन्थीहरुले इजरायलमा आश्चर्यजनक आक्रमण गरेसँगै इजरायलले समेत गाजापट्टीमा गरिरहेको प्रत्याक्रमणमा सयौँ जनाको ज्यान गइसकेको छ भने कैयन् घाइते बनेका छन् । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुको समेत निधन भैसकेको छ ।

इजरायल र प्यालेस्टाइन बीच भएको युद्धको घोर भर्त्सना गर्दछौं र रिहाई, मेलमिलाप, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना र मानव अधिकारको सम्मानका लागि कूटनीतिक प्रयासहरूलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान महासंघले आव्हान गरेको छ ।

इजरायल र प्यालेस्टाइन बीच भएको युद्धबाट पीडित र त्यस क्षेत्रका सहकारी सदस्यहरूसँग महासंघले आफ्नो ऐक्यबद्धता समेत जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुबैं पक्षका जनताको जीवन र जीविकोपार्जनको रक्षा गर्दै यस द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सबै पक्षलाई सहयोग गर्न र कूटनीतिक माध्यमबाट समाधानका लागि दृढतापूर्वक प्रयास गर्न हामी सबै पक्षलाई आग्रह गर्दछौं।’

हिंसा द्वन्द्व समाधान गर्ने तरिका नभएको समेत महासंघले स्पष्ट पारेको छ । सहकारी महासंघले ‘सहकारीमार्फत सकारात्मक शान्ति’ घोषणा समेत गरेको थियो ।

आर्थिक न्याय, मेलमिलाप र समानतामा आधारित सकारात्मक शान्ति निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई समर्थन र गहिरो बनाउन महासंघले सरकारहरू, अन्तर्राष्ट्रिय र नागरिक समाज संगठनहरूलाई समेत आह्वान गरेको छ ।

सहयोगका लागि सहकारीमा अपील
अन्तर्राष्ट्रिय सहकारी महासंघले इजरायल र प्यालेस्टाइन बीच जारी युद्धबाट पीडितहरुको लागि सहयोग गर्न सहकारी संघ संस्थालाई अपील गरेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ युद्धबाट पीडितहरु र त्यस क्षेत्रका सहकारी सदस्यहरूको पक्षमा आफूहरु रहेको समेत स्पष्ट पारेको छ । महासंघले विश्वभर रहेका सहकारीहरुलाई सहयोग गर्न अपील जारी गरेको हो ।

इजरायल र प्यालेस्टाइनबीचको युद्धबाट सयौँ जनाको ज्यान गइसकेको छ भने कैयन् घाइते बनेका छन् । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुको समेत निधन भैसकेको छ ।
महासंघले भनेको छ, ‘आवश्यकताको यस घडीमा सहयोग गर्न अन्तर्राष्ट्रिय सहकारी आन्दोलनलाई आह्वान गर्दछौं । जसले आर्थिक सहयोगको लागि अनुरोध गरेका छन्, ती हाम्रा सदस्यहरूसँग सम्पर्कमा छौं । यो आपतकालीन अवस्थालाई ध्यानमा राख्दै बैंक खाताहरू सहयोग गर्न सक्नुहुन्छ ।’

अभिलेख

लोकप्रिय