२३ कात्तिक २०८३, सोमबार

आईडियल सहकारीको असोज मसान्तको वित्तीय विवरण प्रकाशित, कस्तो छ वित्तीय सूचक?

२०८० कात्तिक २, बिहिबार
आईडियल सहकारीको असोज मसान्तको वित्तीय विवरण प्रकाशित, कस्तो छ वित्तीय सूचक?

सप्तरी : राजविराज ४ सप्तरीमा केन्द्रीय कार्यालय रहेको आईडियल सहकारी संस्था लिमिटेडले असोज मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छ । संघीय सहकारी विभागको २०७९ असार ३१ गतेको निर्देशन बमोजिम संस्थाले अपरिष्कृत वित्तीय विवरण हरेक महिना प्रकाशित गर्दै आएको छ ।

संस्थाले सार्वजनिक गरेको विवरण अनुसार संस्थाको ११ करोड ३४ लाख ३६ हजार ६ सय रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ करोड ६४ लाख ९९ हजार ४१६ रुपैयाँ रहेको छ।

त्यसैगरी संस्थाको विभिन्न कोषहरुमा ७ करोड १४ लाख ६८ हजार ३३९ रुपैयाँ रहेको छ भने कुल संस्थागत पूँजी ११ करोड १४ लाख ६० हजार १९ रुपैयाँ रहेको छ। संस्थाको बचत ८८ करोड ३६ लाख ५५ हजार ९ सय ७३ रुपैयाँ, ऋण लगानी ७९ करोड ५० लाख ७४ हजार १ सय ७७ रुपैयाँ र कूल सम्पति १ अर्ब २४ करोड ६ लाख ८७ हजार २ सय २९ रुपैयाँ रहेको छ । संस्थामा १४ हजार ७३० जना सदस्य रहेको छन् ।

असोज मसान्तमा संस्थासँग २७ करोड ४५ लाख २९ हजार १७७ रुपैयाँ अर्थात ३१.०६ प्रतिशत तरलता रहेको छ।

 

अभिलेख

लोकप्रिय